बालेनको अग्रता कायमै,११हजार काट्यो मत

काठमाडौँ -काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उनले ११४३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६२५८ मत पाएका छन् ।

स्थापित र साह बीचको मतान्तर ५१७६ देखिएको छ ।  यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएकी छन् ।  

प्रतिक्रिया