धेरैको चासो आज शेयर बजार खुल्छ की खुल्दैन ? के भन्छ नेप्से

काठमाडौं - सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि आज (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले आज नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् । 

सरकारले आज नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

यता नेपाल बन्द भए पनि शेयर बजार बन्द गर्ने विषयमा कुनै सूचना नआएको नेप्से ले जनाएको छ । अहिले सम्मको अवस्था हेर्दा नेप्से आज खुल्ला हुने छ । आज शेयर बजार खुल्ला रहने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय