कोरियन भाषा परीक्षाको आवेदन खुला, साउन ३१ सम्म फाराम भर्न सकिने

काठमाडौं : सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ। ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो।

शाखाले भाषा परीक्षामा करिब ५ हजार ३०० जना उत्तीर्ण हुने अनुमान गरेको छ। यसमा उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५०० जना र कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० जना उत्तीर्ण गराउने तयारी गरिएको छ। तर, कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने बताइएको छ। आवेदन साउन ३१ गतेसम्म दिन सकिनेछ।

शाखाका अनुसार अर्को सूचना प्रकाशित गरेर परीक्षाको तालिका सार्वजनिक गरिनेछ। एक दिनमा बढीमा ५ सिफ्टसम्म परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा वा अन्य कारणले परीक्षा तालिका परिवर्तन हुन सक्नेछ। साथै, एक व्यक्तिले केवल एक क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने व्यवस्था छ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा सम्झौता (एमओयू) गरेको थियो। त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय