काठमाण्डौ । स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो तलब सामाजिक कार्यक्रमका खर्च गर्दै आएका छन ।
निर्वाचित भएपछि हमालले तलब सुविधा आफूले नदिने घोषणा बमोजिम यो पटकको तलब धनगढी उपमहानगरपालिकाबाट वडा न ११ मा अवस्थित श्री दक्षिणकाली वहिरा आधारभुत आवासिय विद्यालयलाई प्रदान गरेका छन ।
आज एक कार्यक्रम बीच हमालले उक्त रकम हस्तान्तरण गरेका हुन । स्वतन्त्रबाट चुनाव जितेका मध्य गोपाल हमालले पनि राम्रो काम गरिरहेको धेरैको बुझाइ छ ।