काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारी गम्भीर विषय भएको टिप्पणी गरेका छन्।
शुक्रबार पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै ओलीले गणतन्त्रको प्रतीक रहिसकेकी व्यक्तिले फेरि राजनीतिक सक्रियता देखाउनु गम्भीर विषय भएको बताए।
‘गरिमामय पदमा पुगेको व्यक्ति, गणतन्त्रको प्रतीक पूर्वराष्ट्रपति राजनीतिमा आउने विषय गम्भीर हो,’ ओलीले बैठकमा भने, ‘यस विषयमा पार्टीले उचित समयमा निर्णय गर्नेछ।’
ओलीका अनुसार भण्डारीले कुनै सल्लाहबिना यस्तो कदम चालेकी छन्। उनले छलफलबाट मात्रै यस्ता विषयमा निष्कर्ष निकाल्न सकिने बताएका छन्।
दिशानिर्देश टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी नेतृत्व दिने कुरा एमालेले नठानेको र नमानेको स्पष्ट पारेका थिए।