भरतपुरमा दाहालको मतान्तर घट्यो

काठमाण्डौ । सबैले चासोका साथ मतपरिणाम हेरिरहेको महानगरभित्र भरतपुर महानगर पनि पर्छ । यहाँ पनि एक गणतन्त्रसहित गठबन्धनबाट रेणु दाहाल र एमालेबाट विजय सुवेदीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले समेत कडा टक्कर दिइरहेका छन । 

शुक्रबार बिहानको मतपरिणाम अनुसार रेणु दाहालको मतान्तर केही घटेको देखिएको छ । रेणुले २१०८५ मत प्राप्त गरेकी छन भने विजय सुवेदीले १७८१८ मत प्राप्त गरेका छन । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०२६ मत प्राप्त गरेका छन । 

प्रतिक्रिया