काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव १० अंकले घटेको छ । आइतबार सतक हाराहारीमा बजार घटेर एक बर्षकै न्युन विन्दुमा आएको थियो । आजको गिरावटसँगै समग्र बजार २३५१ विन्दुमा आएको छ ।
प्रिओपन सेसनमा नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज ३७ कम्पनीहरुको ३२ लाख भन्दा धेरेको शेयर खरिद विक्री भएको छ । शेयर कारोबार भएका मध्य १ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
नेपाल पुनर्वीमा कम्पनीको सबै भन्दा धेरै कारोबार हुँदा आज मात्र बोनस घोषणा गरेको गुडविल फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।