सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर दोस्रो बजारमा प्रवेश गरेसँगै आज शेयर मूल्यमा सर्किट लागेका छ । 

कारोबार सुरु भएको आधा घण्टाको अवधिमा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दा सम्म कम्पनीको २६० कित्ता कारोबार भएको छ भने करिव आठ लाख कित्ताको लागि शेयर माग रहेको छ  । 

आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज ले तोकेको ओपनिङ रेन्जभित्र सेयर किनबेच भएसँगै सानिमा लाइफ इन्स्योरेन्सको सेयर नियमित समयका लागि खुलेको हो। पहिलो कारोबारमा यो कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा किनबेच भएको छ। 

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३।१७ रुपैयाँदेखि अधिकतममा ३०९।५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो। नेप्सेले यो कम्पनीलाई ‘एसएलआई’ संकेत प्रदान गरेको छ।

प्रतिक्रिया