बजारको खुसीयाली टिकेन,मंगलबार फेरी अर्धसतक हाराहारीमा घट्यो नेप्से

काठमाण्डो । सोमबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको बजार मंगलबार भने ४४ अंकले घटेर समग्र बजार २९३६ विन्दुमा झरेको छ । 

नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार अवधिमा २२२ कम्पनीहरुको ७ अर्व ४९ करोडको शेयर खरिद विक्री भएको छ । आज सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने २६ कम्पनीहरुको शेयर मूल्य बढेको छ । 

युनाईटेड मोदीको सबै भन्दा धेरै मूल्यको शेयर कारोबार हुँदा जीवन विमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ । 

नेपाल राष्ट बैकसँग अर्थमन्त्रीले कुराकानीको प्रभाव परेर बढेको हिजोको बजार आज भने मौद्रिक नितिमा कुनै फेरवदल नगर्ने बैकको संकेत पछि पुन ओरालो लागेको जानकारहरुको भनाई छ । मैद्रिक नितिमा १२ करोडको शेयर धितो कर्जाको सिमालेनै शेयर बजार ओरालो लागेको धेरैको बुझाई छ । 

प्रतिक्रिया