२४ सयको विन्दुमा झर्यो नेप्से,किन आत्तिए लगानीकर्ता ?

काठमाण्डौ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचकझिनो अंकले घटेको छ भने कारोबार अबधि सुरु हुँदासाथ नेप्से दोहोरो अंकले घटेर २४ सयको विन्दुमा  आइपुगेको छ । 

मंगलबार ३७।१८ अंक घटेर २५०८।९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।६२ अंक घटेर २५०८।२९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको ५ लाख ८८ हजार ४०७ रुपैयाँ बराबरको २ हजार ६८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।

यो समाचार तयार पार्दा सम्म नेप्से १७ अंकले घटेर २४९० विन्दुमा आएको छ । यो केहि महिना यताकै कम विन्दु हो । नयाँ लगानीकर्ता आत्तिदा बजार घटेको धेरैको अनुमान छ । 

प्रतिक्रिया