एउटी नारीले व्यक्त गर्न नसकेको पीडा प्रकाशले तीज गीतमार्फत उतारे

काठमाडौं । नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज गीतहरू सार्वजनिक हुने क्रम पनि तीव्र बनेको छ। महिलाले गीत–संगीतमार्फत आफ्ना सुख–दुःख, भावना र पीडा व्यक्त गर्ने पर्वका रूपमा तीजलाई लिने गरिन्छ।

यही अवसरमा लोकप्रिय सर्जक तथा गायक प्रकाश पराजुलीले नयाँ तीज गीत ‘म्वाई खाँदै’ सार्वजनिक गरेका छन्। सम्पन्न परिवारकी चेलीको मनभित्र दबिएको पीडा र सामाजिक यथार्थलाई गीतमार्फत सशक्त रूपमा प्रस्तुत गरिएको छ। गीतले केवल मनोरञ्जन मात्र होइन, समाजमा लुकेका संवेदनशील विषयलाई पनि प्रभावकारी ढंगले उजागर गरेको छ।

गीतको शब्द तथा लय प्रकाश पराजुली स्वयंले सिर्जना गरेका हुन् भने चर्चित गायिका देवी घर्तीले  सुमधुर स्वर दिएकी छन्। म्युजिक भिडियोमा प्रकाश पराजुली, उनकी धर्मपत्नी प्रिया अधिकारी र हिवाला गौतमको जीवन्त अभिनय देख्न सकिन्छ।

गीतमा कृष्ण केसीको संगीत संयोजन रहेको छ भने भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन्। कथा, अभिनय, निर्देशन र प्रस्तुतिका कारण गीत सबै पक्षबाट उत्कृष्ट बनेको छ र दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय