नेपाल राष्ट्र बैंकले आफ्ना निर्देशन पालना नगरेका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) र प्रभु बैंक लिमिटेड (PRVU) लाई कारवाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले यी बैंकका अध्यक्ष, संचालक, र प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराएको हो।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासमा कारवाही भोगेको छ। बैंकले खाता खोल्ने र संचालन गर्दा पर्याप्त सावधानी नअपनाएको कारण राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार कारवाही गरिएको छ।
प्रभु बैंकले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासमा राष्ट्र बैंकको निर्देशन अनुसार लकर रोक्का राख्न नसकेकाले सोही ऐनको दफा १०० को उपदफा (१) (क) अन्तर्गत बैंकका अध्यक्ष, संचालक र सीईओलाई कारवाही गरिएको छ ।