अर्बौंका सामान चीनको सीमामा रोकिए

काठमाडौं— चाडपर्वलाई लक्षित गरेर चनिबाट ल्याउन लागिएका अर्बौं रुपैयाँका सामान चीनको सीमा क्षेत्रमा रोकिएका छन् । कोभिडको कारण तातोपानी र केरुङ नाकामा चिनियाँ पक्षले कडाई गरेका कारण नाकामा राखेकिएका हुन् ।

चाडपर्वमा धेरै लत्ताकपडा खपत हुने भएकाले नेपाली व्यापारीले चीनबाट आयात गर्न लागिएको भए पनि सीमा रोकिएको व्यापारीको गुनासो छ ।


सीमा क्षेत्रमा अर्बौंका सामान रोकिएको हिमालय सिमापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए । नेपाली बजारमा खपत हुने अधिकांश तयारी कपडा तथा इलेक्ट्रिक सामग्री चीनबाट आयात हुन्छन् । कोभिड–१९ को महामारी फैलिएसँगै चीनतर्फको नाका हालसम्म सहज हुन सकेको छैन । गत वर्ष चीनतर्फको नाका सहज हुन नसक्दा नेपाली व्यवसायीले भनेअनुसारको तयारी कपडा उपभोक्तालाई उपलब्ध गराउन सकेको थिएन । 


महाबौद्धका व्यवसायीअनुसार चीनतर्फको नाकाबाट सहज आयात हुन छोडेपछि व्यापारीहरूले आन्तरिक उद्योगले उत्पादन गरेको तयारी पोसाकको खपत गरेको हो । दशैंतिहारको लागि करिब ४ महिनाअघि अर्डर पठाएको भए पनि सामान अझै आउन सकेका छैनन् । नाकामा करिब १ हजार कन्टेनर अड्किएका छन् । त्यसमा तयारी पोसाक मात्रै नभएर अन्य खाद्यान्नलगायत इलेक्ट्रिक सामग्री अर्बौको अड्किएको उनको भनाइ छ ।

व्यापार संघले करिब डेढ वर्षदेखि असहज बन्दै गएको नाका चीन सरकारलाई सहज बनाउनका लागि सरकारसँग बरम्बार सम्बोधन गर्दासमेत कुनै सम्बोधन नभएको उनको गुनासो छ ।

दशैंतिहार नजिकिँदै गर्दा आवश्यक कन्टेनर पास गर्नका लागि उद्योग मन्त्रालयसँग सहकार्य गरिरहेको बताए । त्यसैगरी, तोतोपानी नाका केही सहज हुन सकेपनि रसुवागढी भने तत्कालका लागि सहज नहुने अवस्था देखिएको जिकिर गरे ।


 

प्रतिक्रिया