काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से ३ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २९०१ विन्दुमा पुगेको छ । बुधबार बजार दोहोरो अङ्कले घटेको थियो ।
यो सेसनमा आज २१ कम्पनीहरूको ९ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कारोबार भएका कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ ।
आज विकास बैंक र लघुवित्तका कम्पनीहरूको शेयर धेरै कारोबार भएको छ भने ४ कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । शेयर मूल्य बढ्नेमा नेपाल पूर्वाधार विकास बैंक पनि रहेको छ । वित्तिय विवरण राम्रो आएपछि यो कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन ।