काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से करिव ८० अंकले घटेर बजार बन्द भएको छ । आजको गिरावटसँगै समग्र बजार २७४९ विन्दुमा झरेको छ । तिहार अघि निरन्तर उकालो लागेको बजार अहिले भने फेरी घट्न थालेको छ ।
आज दिनैभरि विक्री चाप खेपेको शेयर बजारमा २२५ कम्पनीहरुको ६ अर्व ५२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । किनबेच भएका शेयर मध्य १७९ कम्पनीहरुको शेयर मूल्य घटेको छ भने ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । मंगलबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८२ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन ३ कम्पनीको सेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ । साहास उर्जा कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९।९९ प्रतिशतले बढेको हो ।