चुनावको समयमा इन्टरनेट सेवा बन्द भएमा सरकारले जिम्मा लिनु पर्ने चेतावनी

काठमाडौ - चुनावको समयमा इन्टरनेट सेवा बन्द भएमा सरकारले जिम्मा लिनु पर्ने चेतावनी सहित सरकारलाई  क्यान महासंघले ध्यानाकर्षण गराएको छ ।

महासंघले एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रवाहका सन्दर्भमा विगत केही दिनयता जिम्मेवार निकायहरुबाट व्यक्त धारणाहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

शनिबारमात्र नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस बहिष्कार गर्ने घोषणा गरेको थियो।

यसका साथै उक्त संस्थाले चुनावको समयमा इन्टरनेट सेवा बन्द भएमा सरकारले जिम्मा लिनु पर्ने चेतावनीसमेत  दिएको थियो।

प्रतिक्रिया