आइतबारको ठुलो पहिरो सोमबार रोकियो,कारोबार रकम भने ३ अर्ब पनि पुगेन 

काठमाण्डौ । साताको पहिलो दिन अर्धशतक हाराहारीमा घटेको बजार सोमबार भने सम्हालिएको छ । शेयर बजार सम्हालिए पनि शेयर कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेको छैन । 

सोमबार नेप्से परिसूचक २५ अङ्क भन्दा धरेले बढेर समग्र बजार २७१८ विन्दुमा पुगेको छ । २२४ कम्पनीहरूको शेयर किनबेच भएकोमा १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी ३३ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

एनटीसीको शेयर कारोबार सबै भन्दा धेरै हुँदा युनाइटेड मोदीको शेयर मूल्यमा सर्किट लागेको छ । साथै गुरासँ लघुवित्तको शेयर सर्किट लेवलमा कारोबार भएको छ । नेप्सेका सबै उपसूचकमा हरियाली हुँदा जलविद्युत उपसूचक आक्रामक बढेको छ । 

मौद्रिक नीति समीक्षाले आइतबार दबाबमा रहेको नेप्से एमसीसी पास हुने अवस्था  आएपछि भने सम्हालिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय