अत्याधिक तरलताको बैंकलाई समस्या, एकै दिनमा २८ अर्ब राष्ट्र बैंकमा जम्मा

काठमाडौं - बैंकहरुले अत्याधिक तरलताको समस्या भोगिरहेका छन् । व्याजदर जति न्यून हुँदा पनि अपेक्षा अनुसार ऋण लगानी हुन सकिरहेको छैन । 

यसै बीच बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गरी बुधबारदेखि राष्ट्र बैंकमा निक्षेप राख्न सुरु गरेका हुन्।

बुधबार बैंकहरुले २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। बैंकहरुले बढी भएको लगानीयोग्य रकम राष्ट्र बैंकमा राखेका हुन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै स्थायी तरलता सुविधा उपलब्ध गराउने बताएको थियो। फागुनदेखि केन्द्रीय बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराएको हो। बुधबार बैंकहरुले पहिलो पटक यो सुविधा उपयोग गरेका छन्। बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा बढी भएको तरलता निश्चित ब्याजदरमा राष्ट्र बैंकमा राख्न सक्ने भएका छन्। अहिले ब्यादर करिडोरको तल्लो सिमा ३ प्रतिशत रहेकोले बैंकहरुले सोहि ब्याजदरमा निक्षेप राख्न पाउने छन्।

 

प्रतिक्रिया