परिक्षा लिएको ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गर्दै यस वर्षको नतिजा समयमै सार्वजनिक गर्न सफल भएको जनाएको छ।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।

नियमिततर्फ परीक्षामा सहभागी विद्यार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा अन्य समूहका २९० जना विद्यार्थी रहेका थिए।

यस वर्षको परीक्षा देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको थियो। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौं जिल्लामा १६१ वटा रहेका थिए भने मनाङ र मुस्ताङमा एक–एक वटा मात्र परीक्षा केन्द्र तोकिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई आधिकारिक माध्यमबाट आफ्नो नतिजा हेर्न आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय