सामान्य अंकले बढेर शेयर बजार बन्द,लगानीकर्ता आत्तिय

काठमाण्डौ । बुधबार नेप्से सामान्य एक अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २९७६ विन्दुमा पुगेको छ । 

दिनैभरि बजार बढे पनि बन्द हुने बेलामा बजार सामान्य बढेर बजार बन्द भएको छ । आज दिनै भरिमा २२६ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर मुल्य घटेको छ । आज होटल तथा पर्यटन समूह बढे पनि अन्य उपसमूह घटेका छन । वित्त क्षेत्रका लगानीकर्ताले सबै भन्दा धेरै गुमाउदा जीवन विमा समूह पनि सामान्य बढेको छ । 

नेप्से सामान्य बढे पनि कारोबार रकममा ठुलो गिरावट आएको छ । आज ९ अर्व ३५ करोड रुपैयाँको मात्र कारोबार भएको छ । बुधबार नेप्से करिव ७० अंकले घटेर बजार बन्द भएको थियो । लगानीकर्ताहरु आत्तियर विक्री चाप बढि पर्दा त्यसको असर नेप्सेका देखिएको जानकारहरुको भनाई छ । 

प्रतिक्रिया