बिना कारण किन घट्दै छ शेयर बजार ? के आज बढ्ने संकेत छ ?

काठमाडौं - तिहार अघि निरन्तर उकालो लागेर बन्द भएको शेयर बजार तिहार सकिए सँगै भने फेरि दोहोरो अंकले गिरावट हुन थालेको छ । 

शेयर बजार पछिल्लो समय हल्लाकै भरमा चल्ने गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले परिवर्तन गर्ने हल्लाले पछिल्ला २ दिन बजार घटेको धेरैको अनुमान छ । 

मौद्रिक नीतिको यही मंसिर पहिलो साता सम्ममा समीक्षा हुँदै छ । मौद्रिक नीतिमा पछिल्लो समय निकै चर्चामा रहेको शेयर धितो कर्जाको पुनर्विचार हुने अनुमान गरिएको छ । तर बैंकले सीमालाई के गर्छ भन्ने कुरा भने यकिन गर्न निकै कठिन छ । 

ठूला लगानीकर्ताहरुले सानालाई चुपुवान पारेर बजार बढाउने र घटाउने गरेको आरोप पनि लाग्ने गरेको छ । तर शेयरमा अहिले धेरैको पहुंच बढिरहेका कारण विगतमा जस्तो केही व्यक्तिको हातमा मात्र छैन भन्ने अनुमान गरिएको छ । 

नेपालमा पछिल्लो समय डिम्याट खाता खोल्ने संख्या ४७ लाख पुगेको छ भने दैनिक रूपमा कारोबार गरेको संख्या पनि १० लाख हाराहारीमा पुगिसकेको छ । अहिले देश विदेशबाट पनि शेयर बजारमा लगानी गर्ने नेपालीको संख्या बढेको छ । 

दुई दिन दोहोरो अंकले घटेको शेयर बजार आज बिहीबार के होला भन्ने धेरैको चासो रहेको छ । तर बजार घट्नु पर्ने कारण भने केही देखिँदैन । बजारमा तरलता अभाव र ब्याजदर बाहेक अन्य केही प्रभाव छैन । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय