• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शिक्षा/स्वास्थ्य

आयो चिनबाट ८ लाख डोज खोप

काठमाडौं - कोरोना महामारीले आजिद भएको नेपालमा केहि राहतको खवर सार्वजनिक भएको छ । चिनबाट सरकारले ८ लाख कोरोना विरुद्धको खोप काठमाण्डौ ल्याएको छ । 

शुक्रवार विहान नेपाल बायुसेवा निगमको जहाजले खोप लिएर आएको हो । 

नन डिस्क्लोलर एग्रिमेन्ट अन्तरगत नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । यसको मुल्य खुलाइएको छैन । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार आज ल्याइएको खोपको तौल १३ हजार किलो छ ।


अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ओसारिने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बताएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाको खोप निरन्तर आउने बताएका थिए ।

प्रतिक्रिया