काठमाण्डौ । करिव २ महिना पहिला प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकोशीको शेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज दश कित्ताको सयका दरले कारोबार हुँदौ कम्पनी दोस्रो बजारमा प्रवेश गरेको छ । ४९ नम्वर ब्रोकरले दश कित्ता विक्री गर्दा ३७ नम्वर ब्रोकरले खरिद गरेको छ ।
कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता १०० रुपैयाँमा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको थियाे ।