देउवालाई चौका दाउ,नेपाल पक्षले विश्वासको मत दिने

काठमाण्डौ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम मंगलबार मात्र प्रधानमन्त्रीको शपथ ग्रहण गरेका नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने देखिएको छ । 

एमाल माधव पक्षले देउवालाई विश्वासको मत दिने संकेत गरेपछि देउवाले १६ महिना सरकारलको नेतृत्व गर्ने लक्षण देखिएको छ । देउवाले हिजोको मितिले एक महिना भित्र संसदमा बहाल रहेका सांसदको बहुमत अर्थात १३६ सांसदको विश्वास प्राप्त गर्नु पर्ने हुन्छ । 

नेपाल पक्षले देउवालाई विश्वासको मत दिने तयारी गरेसँगै देउवाको सरकार १७ महिना टिक्ने छ । माधव पक्षका २३ सांसदले विश्वासको मत दिए भने देउवालाई आवश्यक बहुमत पुग्छ । 

एमालेको नेपाल पक्षका २३ सहित १ सय ४६ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट हालेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भएका छन् । सर्वोच्च अदाले उक्त रिटमाथि फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

प्रतिक्रिया