शेयर बजारमा निरन्तर रौनक,सोमबार प्रि-ओपन सेसनमा कतिले बढ्यो नेप्से ?

काठमाडौं । साताको पहिलो दिन आइतबार बजार मापक सूचक नेप्से ६९ अङ्कले बढेर बन्द भएको थियो । आज सोमबार प्रि-ओपन सेसनमा पनि बजार बढ्ने संकेत गरेको छ । 

आज यो सेसनमा ४२ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा एक करोड १८ लाख भन्दा धेरैको कारोबार भएको छ भने नेप्से परिसूचक १८ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २९४४ विन्दुमा पुगेको छ । 

आज कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य बढेको छ भने केवल २ कम्पनीहरूको मात्र शेयर मूल्य घटेको छ साथै ४ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । एक दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्य २ प्रतिशतले बढ्दा जोशी जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यका कारोबार भएको छ । 

पुस महिनाको दोस्रो साताबाट सुधार हुन लागेको बजार अहिले भने दैनिक राम्रो कारोबार रकम सहित माथि गइरहेको छ । धेरैले आज बजार ३ हजार विन्दु सम्म पुग्ने अनुमान गरेका छन । 

प्रतिक्रिया