साताको अन्तिम दिन अर्धशतक बढिले घटेर नेप्से २७ सय तल आयो,कारोबार रकम भने बढ्यो 

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५८ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६ सय ६१ विन्दुमा आएको छ । हिजो पनि शेयर बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो । 

नेप्से घटे पनि कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेर ४ अर्ब २९ करोडमाथि पुगेको छ । दिनै भरि बिक्रीको प्रभावमा नेप्से परेको देखिएको थियो । २२९ कम्पनीको शेयर कारोबार हुँदा हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने केवल ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । १८५ भन्दा धेरै कम्पनीको शेयर मूल्य घट्दा नेशनल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

बीमा उपसमूह सबै भन्दा धेरै प्रभावमा रहँदा नेप्सेका अधिकांश उपसूचक घटेका छन भने युनिभर्सल पावर कम्पनीको शेयर मूल्य धेरै अङ्कले घटेको छ । 

सरकारले एमसीसी सदनमा पेस गरेको साथै पास हुने या नहुने अन्योलताले बजार प्रभावमा परेको जानकारहरूको बुझाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय