काठमाडौं । ग्राहक तान्न इन्टरनेट वितरण गर्ने कम्पनीहरुले आफ्नो मूल्य र स्पीडमा निकै प्रतिस्पर्धा गरिरहेका छन । स्पीड र मूल्यमा सबैलाई चकित पार्ने गरि बजार प्रवेश गरेको सीजी नेटलाई अहिले अरुले पनि फलो गरिरहेका छन ।
यसै विच नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।
गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जनाएको छ । यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।
त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ ९भ्याटसहित० मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् । डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ ।