अपी पावरका लगानीकर्तालाई कम्पनीको थाहा पाउनै पर्ने सूचना

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । कम्पनीकाे आज (चैत्र ४ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि चैत्र १४ गते, साेमबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे ।

त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसकेको छ ।

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय