एमसीसी पास भएर पनि सकारात्मक हुन सकेन शेयर बजार दोहोरो अङ्कले घट्यो नेप्से

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६१० विन्दुमा आएको छ । सरकारले आइतबार एससीसी परियोजना संसदबाट पारित गरेसँगै बढ्ने अपेक्षा गरिएको बजार घटेपछि लगानीकर्ता निराश भएका छन । 

नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ । ३ अर्ब ६४ करोडमाथि पुगेको छ । यो केही दिन यताको औसत कारोबार रकम हो । आज २२७ कम्पनीको शेयर खरिद बिक्री भएकोमा केवल ७ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्यका सर्किट लाग्न नसक्दा बीमा समूहको उपसूचक धेरै घटेको छ । 

अपि पावर कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा धेरै कारोबार हुने कम्पनीको सूचीमा जलविद्युत कम्पनी नै अग्रस्थानमा रहका छन । २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार हुँदा धेरै शेयर मूल्य घट्नेमा जलविद्युत कम्पनी नै अगाडि छन । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय