अधिक तरलतापछि ब्याजदर घटाउँदै बैंकहरू

काठमाण्डौ । अत्यधिक तरलताको समस्या भोगिरहेका बैंकहरुले माघ महिनाको लागि ब्याजदर घटाउने संकेत देखिएको छ । 
आज मात्र  एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो।


प्रकाशित सूचना अनुसार बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। पुस महिनामा ८।६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८।०६५ प्रतिशतमा झर्ने भएको छ। बैंकले आफ्नो ब्याजदर ०।६०५ प्रतिशतविन्दु घटाएको हो।

त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६।०६५ प्रतिशत रहेको छ। पुस महिनामा यस्तो ब्याजदर ६।६७ प्रतिशत थियो।

बैंकहरुले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन्। बैंकहरुको निक्षेप दैनिक बढ्दो क्रममा रहेको छ। तर, निक्षेपको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन। फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ। सोही कारण बैंकहरुले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन्।

प्रतिक्रिया