रवि लामिछानेमाथि खोया प्रहार, झुक्किएर गएको दाबी

पोखरा । नेताहरु प्रति जनताको आक्रोस बढ्दै गएको देखिएको छ । केही दिन पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ मुक्का प्रहार भएको खबर सार्वजनिक भएको थियो भने आज पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।

 अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । 

ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।

 

 

प्रतिक्रिया