काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।
यता, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।