काठमाण्डौ । अघिल्ला दुई हप्ता राम्रो बढेको शेयर बजार यो हप्ता भने त्यति सुखद हुन सकेन । बजार मापक सूचक अधिकांश दिन घटेर कारोबार हुँदा साताको अन्तिम दिन बिहीबार भने ३ अङ्क भन्दा धेरैले बढेर बजार बन्द भएको छ ।
आजको बुद्धिसँगै समग्र नेप्से परिसूचक २७८० विन्दुमा पुगेको छ । नेप्से समान्य बढे पनि कारोबार रकममा भने ठुलो गिरावट आएको छ । आज २२४ कम्पनीको ३ अर्ब ३४ करोड माथिको शेयर खरिद बिक्री भएको छ । दिनैभरि शेयर बजारमा तीब्र उतार चढाव आएको थियो भने कारोबार भएका मध्य ९० कम्पनी शेयर मूल्य बढेको छ ।
त्यस्तै ८६ कम्पनीको शेयर मूल्य घट्दा बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । राम्रा कम्पनीहरूको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि सामान्य बढेको छ । वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा समूहको उपसूचक घट्दा गैरजीवन बीमा उपसूचक भने सबै भन्दा धेरै बढेको छ ।
२ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्सको शेयर धेरै मूल्यको कारोबार भएको छ । दिनै भरिमा आज ५१ हजार भन्दा धेरै पटक शेयर किनबेच भएको छ ।