एससीटीले आईपीओ निष्कासन गर्ने


काठमाडौं– स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) लिमिटेडले सर्वसाधारणका लागि आईपीओ  जारी गर्ने तयारी गरेको छ । कार्डबाट सेवा दिएको एससीटीले अब क्युआर सेवा, मोबाइल बैंकिङ, पस टर्मिनहरु, पेमेन्ट गेटवे सेवाहरु थप गरेको छ ।योसँगै एससीटीले आइपीओ जारी गर्ने तयारी थालेको छ । कम्पनीलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सार्वसाधरणलाई साधारण सेयर जारी गर्ने योजना रहेको एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद भुजुले बताए ।


सरकारले तोकेको समयअनुसार एससीटीलाई आइपीओ जारी गर्न दुई वर्ष समय बाँकी रहेको र यसअवधिमा कम्पनीले सेयर जारी गर्ने जनाएको छ । एससीटीमा नयाँ व्यवस्थापन आएसँगै यसलाई थप उचाइमा पुर्याउन कम्पनीले विभिन्न सुविधा र योजना तयार गरिरहेको छ ।
पेमेन्ट सर्भिस अपरेटर (पिएसओ)को रुपमा चलिरहेको यस कम्पनीलाई कार्ड सेवामात्र नभएर पूर्ण डिजिटल सोलुसन सेवा दिन पूर्वाधार तयारको काम भइरहेको भुजुले बताए ।


यस कम्पनीमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालय बैंकको मुख्य लगानी रहेको छ भने विकास बैंकहरुमा सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, ग्रिन विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले एससीटीमा सहकार्य गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय