काठमाण्डौ - साताको अन्तिम दिन विहिबार पनि नेप्सेमा अर्धसतको पहिरो गएको छ । आज नेप्से ५० अंकले घटेर समग्र बजार २९२६ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि आज ठुलो गिरावट आएको छ । २३० कम्पनीहरुको ९ अर्व ५० करोड भन्दा धेरैको कारोबार हुँदा २३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
सानीमा लाईफ इन्स्योरेन्स र मनकामाना स्मार्ट लद्युवित्तयको शेयर मुल्यमा सर्किट लागेर कारोबार हुँदा जीवन विमा समूहको उपसूचक सबै भन्दा धेरैले घटेको छ ।
अरुण भ्यालीको शेयर कारोबार सबैभन्दा धेरै हुँदा नारायणी विकास बैको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।