युनियनको आईपीओमा अहिले सम्मकै धेरैले आवेदन दिए,शेयर पाउन भाग्य भलियो हुनै पर्ने

काठमाण्डौ - नेपालमा प्राथमिक शेयर प्रति सर्वसाधारणको आकषर्ण झनझन बढ्दै गएको देखिएको छ । 

भर्खर मात्र प्राथमिक शेयर सार्वजनिक गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  साधारण सेयर अहिले सम्मै धेरै २१ लाख भन्दा धेरैको आवेदन परेको छ । यो आँकणाँ अहिले सम्मकै ठुलो संख्या हो । क

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज अन्तिम दिन २१ लाख ७२ हजार ८ सय ६८ आवेदकबाट ३ करोड ४० लाख १० हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५।८५ गुणा बढी आवेदन हो  ।

भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।

प्रतिक्रिया