कांग्रेसका उम्मेदबार श्रेष्ठको गाडी माथि चितवनमा तोडफोड

कमल ढकाल,चितवन । उमेश श्रेष्ठ सवार कारमा भरपुरमा आज तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । उनी चितवन क्षेत्र नं। २ का नेपाली कांग्रेस उम्मेदवार हुन । 

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं। १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।


प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया