एमसीसी पास गराउन लगानीकर्ता सडकमा

काठमाडौं । अहिले एमसीसी पास गर्ने विषयले पुरै राजनीति तातिरहेको छ । सरकार जसरी पनि संसदमा पेश गर्ने मोडमा छ भने केहि राजनीतिक दलहरु यसको विपक्षमा रहेका छन । यो परियोजनको विरोधमा आज विप्लप नेतृत्वको पाटीले नेपाल बन्द नै गरेको छ । 

सडकमा यसको विरोधमा चर्को आवाज उठिरहेको बेला शेयर लगानीकर्ताहरु भने एमसीसीलाई तत्कास संसदबाट पास गर्न दवाब दिँदै र्याली निकालेका छन । लागनीकताँहरुले अनामनगरबाट माइतीघरसम्म एमसीसी पास गर्नुपर्ने भन्दै र्याली निकालेका हुन् । सत्ता साझेदार दलमै एमसीसीका बारेमा एकमत हुन नसकेपछि जनस्तरबाट एमसीसी पास गर्न दबाब दिएको बताएका छन । 

एमसीसीले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुर्याउँछ । तर, यसलाई अनावश्यक राजनीति गरेर बदनाम गरेर फिर्ता पठाउने कोसिस गरेकाले आन्दोलनमा उत्रिनु परेको लगानीकर्ताको भनाई छ । 


एमसीसीलाई लिएर माओवादी केन्द्र र नेकपा एस विपक्षमा उभिएका छन् । तर, कांग्रेसको संसदीय दलले एमसीसी पास गर्ने निर्णय गरेको छ । एमालेले अहिलेसम्म कुनै पनि औपचारिक धारणा सार्वजनिक गरेको छैन । एमसीसी नेपालको हितमै भएको र यसलाई जसरी पनि पास गराउन दबाब दिने उद्देश्यले र्याली निकालिएको सिलवालले बताए । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय