काठमाडौं - काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ७.३० बजेको नयाँ मतपरिणाम आएको छ ।
भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवार नेका जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।