काठमाण्डौ । पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार प्रति धेरैले आफ्नो आफ्नो प्रतिक्रियाहरु दिइनै रहनुभएको छ । बजार घटेर यो अबस्थामा आउनुमा विभिन्न कारण भएपनि अग्रज लगानीकर्ताहरुले सबैलाई नआत्तिन अनुरोध गरिरहेका छन ।
यसै विच स्वतन्त्र पूँजी बजार सुधार संघका केन्द्रिय अध्यक्षले पनि यस्तै अबस्थामा अवसर पनि लुकेको हुने धारणा ब्यक्त गर्नु भएको छ । साफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत उहाँले खराब समयमा पनि अवसर पर्याप्त देख्ने गर्छु किन होला रु आगामी दिन अझै सुनौलो हुनेछन हामी निरन्तर लागिरहने हो भने, उहाँको भनाई छ ।
मौद्रिक नीति मार्फत आएको शेयर धितो कर्जा, तरलता अभाव साथै बैंकको ब्याजदर जस्ता कुराले शेयर बजारमा प्रभाव पारेको धेरैको बुझाई छ । त्यस माथी निकाम निकायमा प्रमुखहरु नहुँदा समेत शेयर बजार विकासमा बाधा पुगेको आँकलन गर्न सकिन्छ ।