काठमाण्डौ । सबै माझ चर्चामा रहेका काठमाण्डौ महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदबार बालेन शाह आज एउटा समाचारको सिकार भएका छन । उनलाइ छोरी जन्मेको खवर यत्रतत्र आएपनि त्यो साचो नभएको खुलेको छ ।
साहको श्रीमती विना काफ्लेले आफुलाई पुत्री लाभ नभए शाहका दाइलाई पुत्री लाभ भएको बताउनु भएको छ । आफूले छोरी पाएको भनेर मिडियामा समाचार समेत आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन साहले छोरी जन्मिएको समाचार विभिन्न अनलाइन मिडियाले लेखेका छन् ।
धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । तर वास्तविकता भने फरक रहेको छ । बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको भने छोरी जन्मिएकी हुन् । त्यो पनि आज हैन बुधबार दिउँसो छोरी जन्मिएकी हुन् ।