काठमाण्डौ । यो साताको लागि अन्तिम कारोबार दिन नेप्से प्रिओपन सेसनमा १५ अंकभन्दा धेरैले बढेरको छ । योसँगै समग्र बजार २८५८ विन्दुमा पुगेको छ ।
आज एक दर्जन हाराहारीका कम्पनीको शेयर मुल्य २ प्रतिशले बढ्दा नविल बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । ८५ लाख भन्दा धेरै मूल्यको शेयर खरिद विक्री हुँदा ३२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ ।
खरिद विक्रि भएका शेयर मध्य २६ कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको छ तर २ कम्पनीको शेयर मुल्य यथावत रहेको छ । मंगलबार पनि दोहोरो अंकले बढेर बजार बन्द भएको थियो ।