८ लाख भन्दा धेरैले शेयर पाएको मध्य भोटेकोशीको शेयर डिम्याट खातामा कहिले ?

काठमाडौं - केही समयअघि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँट गरेको मध्य भोटेकोशीको आइपीओ दोस्रो बजारमा कहिले कारोबार होला भन्ने धेरैको चासो रहेको छ । 

 

यसैबीच बिक्री प्रबन्धकले हामीलाई दिएको जानकारी अनुसार मंसिरको  पहिलो साता या डोर्सो साताको सुरु सम्ममा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्ने गरी तयारी अगाडि बढाइएको छ । 

 

दोस्रो बजारमा कारोबार सुरु भएदेखि यो कम्पनीको ओपनिङ मूल्य ९३.४९ रुपैयाँ कम देखि धेरैमा २८३.१७ पैसा सम्म हुने अनुमान गर्न सकिन्छ । साथै कम्पनीको शेयर मूल्य बढीमा ८ सय सम्म पुग्ने अनुमान छ । 

 

यो कम्पनीले १०३ मेगा वाटको विद्युत आयोजना निर्माण गर्दै छ भने यही मंसिरमा उत्पादन सुरु गर्ने तयारी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय