काठमाण्डौ । साताको पहिलो दिन आइतबार प्रिओपन सेसनमा नेप्से ११ अंक भन्दा धेरैले बढेर समग्र बजार २५३१ विन्दुमा पुगेको छ । गत साताको विहिबार पनि दोहोरो अंकले बजार बढेर बन्द भएको थियो ।
यो सेसनमा ३४ कम्पनीहरुको ७१ लाख भन्दा धेरेको शेयर खरिद विक्री भएको छ । भने कारोबार भएका मध्य २५ कम्पनीहरूको शेयर मूल्य बढेको छ साथै ३ कम्पनीको शेयर मूल्य घट्दा ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
निरन्तर ओरालो लागेको शेयर बजार अब भने विस्तारै लयमा आउने धेरेको विश्वास छ ।