सोमबार नेप्से ३ हजार विन्दुमा

काठमाडौं - करिब चार महिना पछि बजार मापक सूचक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । आईतबार ६९ अंकले बढेसँगै नेप्से यो बिन्दुमा पुगेको हो । 

आईतबार नेप्सेमा मात्र उत्साह आएको छैन आईतबार विगत चार महिना यताकै ठूलो कारोबार भएको छ । ९ अर्ब माथिको शेयर कारोबार हुँदै बजारमा ठूला लगानीकर्ता प्रवेश गरेको संकेत दिएको छ । 

३२ सय माथि पुगेको बजार एकाएक घटेर २३ मुनि आएको थियो । यसरी बजार एकोहोरो घट्नुमा मौद्रिक नीति मुख्य कारण बन्यो भने धितोपत्र बोर्डको ५१ कम्पनीको सूचीले पनि बजार घटेको धेरैले आरोप लगाए । कोरोना संक्रमणको बेला रोकिएको पैसा शेयर बजारमा आएको साथै अन्य क्षेत्र सामान्य भएपछि उनीहरु निस्किँदा बजारमा दबाब परेको आंकलन गर्नेहरू पनि छ । 

एकोहोरो घटिरहेको बजार पुसको अन्तिम तिरबाट भने राम्रो संकेत गरेको छ । प्राय पुस महिनामा दबाबमा पर्ने नेप्से यो पटक भने सामान्य करेकसन् हुँदै बढिरहेको छ ।त्यो क्रम माघ लाग्दा पनि देखिने संकेत आएको छ । 

माघ ३ गते नेप्से ३ हजारको विन्दु छुन सक्ने धेरैको अनुमान छ । जानकारहरुले ३ हजार माथि धेरै अडिक नरहे पनि त्यो विन्दु छुन सक्ने धेरै आधारहरू छन् साथै बजारले यही माघ महिना भित्र अहिले सम्मकै उच्च विन्दु समेत ब्रेक गर्ने सम्भावना छ । 

शेयर बजार विश्लेषक निर पाण्डेले पनि यो कुरामा सहमत हुनुहुन्छ । अहिले ब्याजदर,कोरोना संक्रमण लगाएका कुराले बजार प्रति सकारात्मक वातावरण बनेको छ । माघ महिनामा नेप्से अहिले सम्मकै उच्च बिन्दुमा पुग्ने धेरै सम्भावना छ । पाण्डेको भनाइ छ । 

शेयर धितो कर्जाको समयमा परेका लगानीकर्ता पनि अब बजारमा सक्रिय भएको,नयाँ लगानीकर्ता पनि प्रवेश गरेको साथै अन्य क्षेत्रको लगानी पनि साउन थालेका कारण विगतमा जस्तो बजारमा रौनक देखिने धेरै विश्वास छ ।

प्रतिक्रिया