नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, लक्की नम्बर ८

काठमाण्डै । नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज १.३० मा बाँडफाँड भएको छ । बाँडफाँड भए पनि नतिजा भने केही समयमा हेर्न सकिने छ ।  आइपीओ बाँडफाँडको लक्की नम्बर ८ रहेको छ । 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार एल्लो प्यागोडा होटलमा शेयर बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको प्रारम्भिक बाँडफाँड भने आइतबार सम्पन्न भएको थियो । 

पछिल्लो समय शेयर निष्काशन सकिएको तीन दिनभित्रै आईपीओ बाँडफाँट गर्ने गरेको थियो । तर यसबीचमा दुई दिन सार्वजनिक बिदा परेपछि शेयर बाँडफाँटमा ढिलाई भएको क्यापिटलले जनाएको छ । 

लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२।५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ ।

माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै शेयर पाएका छन ।


नतिजाको लागि केहि समयमा यहाँ जान सक्नुहुने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय