आज नेपाल बन्द - अधिकांस शैक्षिक संस्था बन्द,शेयर बजार के हुन्छ ?

काठमाडौं । संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आजको लागि नेपाल बन्द घोषणा गरेको छन् ।

आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो ।

नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको ती दलहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छबन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् । 

केही शैक्षिक संस्थाहरू बन्दको सूचना आइरहेको छ भने लामो दुरीको यातायात पनि प्रभावित हुने देखिएको छ । नेपाल बन्द भए पनि शेयर बजार भने खुल्ला रहने नेप्सेको भनाइ छ । यस अघि पनि नेपाल बन्दका दिन शेयर बजार खुल्ने गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय