निरन्तर घटिरहेको शेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई नवराज दाहालको सुझाव यस्तो छ

काठमाण्डौ । पछिल्लो समय नेपाली शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यो बेला विशेष गरि नयाँ लगानीकर्ताहरु आत्तिएको अबस्था छ । ३२ सयको हाराहारीमा बजार प्रवेश गरेका लगानीकर्ताहरुले धेरै ठुलो घाटा व्यहोरेका छन । 

घट्दो बजारमा स्टप लस गर्ने कि होल्ड गर्ने भन्ने विषयमै लगानीकर्ता दोधारमा छन । यसै विचमा अगुवा लगानीकर्ता नवराज दाहालले यो बेला स्टप लग गर्न नहुने धारणा राख्नु भएको छ । बजार धेरैनै घटेको हुँदा होल्ड गर्नुको विकल्प नरहेको धेरैको बुझाई छ । 

साताको पहिलो दिन आईतबार शेयर बजार अर्धसतक भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । बजार अहिले २५१३ विन्दुमा रहेको छ । बजार घट्ने कुनै कारण नभए पनि शेयर धितो कर्जाले बजार घटाएको केहिको भनाई छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय