नेको इन्स्यारेन्सको ४० प्रतिशत लाभांश दिन सक्ने क्षमता,कति प्रतिशत बोनस शेयर देला ?


काठमाडौं–बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीलाई धमाधम लाभांश वितरण गर्दै आएका छन् । पछिल्लो समय बीमा कम्पनीले पनि राम्रो नाफा आर्जन गरेका छन् । नाफा कमाउने बीमा कम्पनीहरु मध्ये नेको इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । हरेक वर्ष राम्रो मुनाफा वितरण गर्दै आएको निकोले यस वर्ष कति मुनाफा देला भन्ने आम लगानीकर्ताको उत्सुकता छ ।


नेको आर्थिक वर्ष ०७७÷७८को लाभांश करिव ४० प्रतिशतसम्म दिन सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी छ । ४० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता भए पनि अहिलेसम्म २१ प्रतिशत भन्दा धेरै लाभांश वितरण गरेको छैन ।


आव०७६÷७७ को नाफाबाट कम्पनीले सेयरधनीलाई १५.५ प्रतिशत सेयर र ०.८२ प्रतिशत नगद गरी १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । नेको शेयर बिहीवार प्रति कित्ता ११ सय २५मा कारोबार भएकोथियो । नेको इन्स्योरेन्सको  १ करोड ५२ लाख १६ हजार ३ सय ३७ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको १ अर्ब ५२ करोड १६ लाख ३३ हजार ७ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । चुक्ता पुँजी पनि वृद्धि गर्ने तयारीमा निकाले नाफाबाट शेयरधनीलाई बोनस शेयर दिन सक्नेछ ।
कम्पनीले चालु वर्षको पहिलो तीन महिनामा ७ करोड १९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि २१.८५ रुपैयाँ छ । 
 

प्रतिक्रिया