हिमालयन–सिभिल बैंक मर्जरमा जाने निष्चित

काठमाडौं । अन्तत हिमालयन बैंक र सिभिल बैंकविच मर्जर गर्न तयार भएका छन् । बुधबार ३ बजे राजधानीको दरवारमार्ग स्थित होटल याकएण्ड यतीमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हिजो मध्यराती भएको सहमति अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई प्रतिकित्ता ८१ रुपैयाँमा अक्वायर गर्ने भएको छ । मर्जर सम्झौतामा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन्झण्डै डेढ वर्षको प्रयासपछि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने भएको छ । गत शुक्रबार दुई बैंकको एमओयूको तयारी भएपनि कर्मचारी समायोजनमा कुरा नमिलेपछि स्थगित भएको थियो । हिमालयन बैंकले सिभिल बैंकका सीईओ शुनिल पोखरेललाई मर्जरप्रश्चात डेपुटी सीईओ बनाउन इन्कार गरेपछि मर्जरमा खटपट सुरु भएको थियो ।

अहिले कर्मचारीको सम्मानजनक समायोजन र डिडिएमा पनि लिखित सम्झौता गर्न हिमालयन बैंक तयार भएपछि दुबै बैंक सहमत भएका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ शेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ । हाल हिमालयन बैंकको चुक्ता पुंजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुंजी ९ अर्ब ७ करोड रहेको छ । त्यसै गरी जगेडा कोषमा हिमालयन बैंकको रु ८ अर्ब ३ करोड र सिभिल बैंक लिमिटेडको रु २ अर्ब ९१ करोड रहेको छ । कर्जा लगानी तर्फ हिमालयन बैंकको रु १ खर्ब ५८ अर्ब तथा सिभिल बैंकको रु ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेप तर्फ हिमालयन बैंकको रु १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको रु ९३ अर्ब ३३ करोड रहेको छ । ।

प्रतिक्रिया